अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढ्यो: अर्थमन्त्री महत
काठमाडाैं | असार २९, २०८०
काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडि बढेको बताउनुभएको हो । उहाँले मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताउनुभयो ।
अर्थमन्त्री महतले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गर्नुभयो ।
‘‘यसपालि करको दायरा फराकिलो पारेका छौँ । यसले गर्दा राजस्व बढ्छ भन्ने हामीलाई विश्वास छ । सबैतिरको यसमा सहयोग चाहिन्छ । अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ । मूल्यवृद्धि पनि घटेको छ । पछिल्लो समयभन्दा अहिले घटेको छ । सकारात्मकतातर्फ अर्थतन्त्र बढेको छ । ब्याजदर पनि अलिकता सहजता हुनेबित्तिकै थप चलायमान हुन्छ । यसले राजस्व वृद्धि हुने प्रशस्त आधार यसले दिन्छ ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘र हामी स्वास्थ्य क्षेत्रमा अझ ज्यादा स्वास्थ्य जोखिम शुल्क मात्रै होइन कि अरु धेरै विनियोजन गर्नुपर्ने आवश्यकता छ । त्यसतर्फ सरकार गम्भीरताका साथ लाग्छ । माननीयज्यूहरुले राखेको सुझावलाई हामी सहर्ष आत्मसात् गर्छौ । र आउने दिनमा स्वास्थ्य क्षेत्रमा अझ बढी कसरी विनियोजन गर्न सकिन्छ ? र गाउँ गाउँ दुर्गम क्षेत्रमा समेत न्यूनतम स्वास्थ्य उपचार र रोकथामको सुनिश्चिता गर्ने, बेसिक हेल्थ केयर सुनिश्चित गर्ने जुन राज्यको लक्ष्य छ, त्यो पूर्ति गर्नेतर्फ हामी क्रियाशील हुन्छौँ ।’’
अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताउनुभयो ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

